भन्सार कर्मचारीको दादागिरी टेरेनन् प्रधानमन्त्रीलाइ पनि

0 minutes, 0 seconds Read

झापाका दुधलाल नेम्वाङ सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। दुधलालले साथमा एउटा नयाँ फोन पनि बोकेर ल्याएका थिए । घटनाबारे सुनाउँदै दुधलालले सेतोपाटीसँग भने, ‘सेक्युरिटी जाँच गर्दा मेरो झोलामा फोन देखियो। त्यसपछि सुरक्षाकर्मीले मेरो पासपोर्ट मागेर भन्सारको कर्मचारीलाई दिनुभयो। भन्सारका कर्मचारीले हातमा एउटा फोन हुँदाहुँदै अर्को मोबाइल ल्याउन पाइँदैन र लैजाने भए भन्सार तिरेर लैजानुस् भन्नुभयो।

दुधलालले भने नेपाल फर्कनु केही दिनअघि विदेशबाट फोन ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको उल्लेख गरे। उनले भन्सारका कर्मचारीलाई पनि एउटा फोन लैजान दिन प्रधानमन्त्रीले दिएको निर्देशन सुनाए।

‘प्रधानमन्त्रीज्यूले दिएको निर्देशन बुझेपछि नै मैले फोन ल्याएको हो तर भन्सारका कर्मचारीले त्यो कुरा कसैगरी मान्नुभएन,’ दुधलालले भने, ‘उल्टै उहाँहरूले राजपत्र देखाउँदै प्रधानमन्त्रीको निर्देशनले मात्र हुँदैन, २ सय ७५ जना सांसदले निर्णय गरेर कानुनको रूपमा आएपछि मात्र लागु हुन्छ नत्र हुँदैन भन्नुभयो। । तर जब उनी सोमबार बिहान विमानस्थल ओर्लिए, उनको नयाँ फोन भन्सार कार्यालयले जफत गरिदियो।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *