यो वर्ष ‘मिस्टर वर्ल्ड’ नहुने भएकाले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले बताए ।
आगामी फेब्रुअरी २ देखि १२ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपाली कला, संस्कृतिसहित सहभागी हुन लागेका हुन् । जसका लागि उनले प्रशिक्षणदेखि विभिन्न तयारी समेत गरिरहेका छन् । करिब ६० बढी देशका पुरुषको सहभागिता रहने ‘मिस्टर ग्लोबल’ प्रतिष्ठित पुरुष सौन्दर्य प्रतिस्पर्धा मानिन्छ ।
श्रेष्ठ ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ का विजेता पनि हुन् । २६ वर्षीय श्रेष्ठले ३५ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुमेका थिए । ‘मिस्टर ग्लोबल’को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए ।‘मिस्टर नेपाल वर्ल्ड’ नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले प्रतियोगितामा पठाउन लागेको हो ।