टेलिभिजन पर्सनालिटी रीमा विश्वकर्मा र सञ्चारकर्मीबीच प्रश्नोत्तर,सञ्चारकर्मीले सोधेको प्रश्नमा रीमा आक्रोशित

0 minutes, 0 seconds Read

सवालजवाफ र घोचपेचले भरिपूर्ण । अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी रीमा विश्वकर्मा र सञ्चारकर्मीबीच प्रश्नोत्तर सत्रमा सवालजवाफ भयो । सञ्चारकर्मीले सोधेको प्रश्नमा रीमा आक्रोशित सुनिइन् ।

पत्रकारले उनलाई तपाईंले समय व्यतीत गर्न मात्र फिल्म गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा रीमाले आक्रोशित हुँदै जवाफ दिइन्, ‘कुनै पनि निर्धारित क्षेत्रमा एक दशकभन्दा लामो समय बिताइसकेको कलाकारलाई तपाईंले त्यो प्रश्न गर्न शोभा दिन्छ ? मोर द्यान टेन एयर्स ।’

                           

 

दर्शकप्रति कलाकारको जिम्मेवारी आफूले पाएको पात्रलाई निखार्नु हो भन्दै उनले जवाफ दिइन् । साथै, उनले हिजो मात्र रिलिज भएको फिल्मको नाम समेत बिर्सिएको भन्दै पत्रकारलाई कटाक्ष समेत गरेकी थिइन् । रीमासँगै बसेका अभिनेता सविन श्रेष्ठले यो घोचपेचपूर्ण माहोललाई मत्थर तुल्याउने प्रयास गरे ।

पछिल्लो समय टेलिभिजन रियालिटी शोको होस्ट गर्न व्यस्त रीमा ‘सिड्नी’मार्फत फिल्म अभिनयमा पुनरागमन गर्दैछिन् । देवकुमार श्रेष्ठले निर्देशन गर्ने यो फिल्ममा रीमा र सविन प्रमुख भूमिकामा हुनेछन् ।

 

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *